गायनमा आधारित रहेर बनेको नेपाल आइडल पछिल्लो समय चर्चाको साथै विवादित बनिरहेको छ । गत हप्ता कुनै पनि प्रतिस्प्रर्धिलाई आउट नगरेको भन्दै समाजिक सञ्जालमा नेपाल आइडलको विरोध गर्नेको जमात बढेको थियो । पैसाको कमाउनको लागी भन्दै कतिले नेपाल आइडललाई पैसा कमाउने भाडो समेत भन्न भ्याएका थिए । तर यति बेला नेपाल आइडल आयोजनले प्राप्त भोटबाट कति रकम नेपाल आइडल टिमले पाएको हो भन्ने खुलासा गरेको छ । सोमबार बिहान अफिसियल फेसबुक पेजमा स्टाटस लेखेको छ ‘ गतहप्ता ३७।२० लाख भोट एसएमस र अनलाइन भोटिङबाट प्राप्त सङ्ख्या हो । एसएमसबाटबाट मात्र आएको रकममा ५३ प्रतिशत टेलिकम अपरेटर, त्यसपछिको ४० प्रतिशत सर्भिस प्रोभाईडर र बाँकीको रकममा फ्रिमेन्टलको ५० प्रतिशत कटाएर करिब १७ लाख रुपैयाँमात्र यस सोलाई प्राप्त भएको हो। एसएमस भोटिङको हिसाब किताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यही लेखेर समाजमा भ्रम फैलाएर सो बन्द गराउन खोज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुरोध गर्दछौ।’ यस्तै नेपाल आइडल माथि जथाभावी गाली गलौज, तुच्छ विचार र अमर्या्दित शब्द सामाजिक सञ्जालमा पोस्ट भएको भन्दै अनर्गल प्रचारबाजी गर्ने व्यक्ति समूह तथा केही अनलाइनको डाटावेस तयारी गरी प्रहरीमा बुझाउने काम गरिरहेको बताएको छ ।
नेपाल आइडल आयोजकले फेसबुकमा लेखेको स्टाटस :-
१. जे गरिएको छ । शोको नियमको अधिनमा रही शोको लाईसेन्स दिनेले भने अनुसार गरिएको छ। अमेरिकन वा इन्डियन आइडलमा जे हुन्छ । नेपाल आइडलमा पनि त्यहि भएको हो ।
२. नेपाल आइडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर केही व्यक्तिले स्वयंकै स्तर त जनाएका छन् । साथै ती संगीतसाधक नेपाल आइडलका प्रतिस्पर्धीहरुलाई हानीसमेत पुर्याउँदै आएका छन् ।
३. असन्तुष्टिको पनि तरिका हुन्छ । इन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छुट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ।
४. हामी तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौ र त्यसको सम्बोधन पनि गर्नेछौ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी एपीवान चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूहले गठीत कम्पनी अवश्य पनि होइनौ भन्नेतर्फ ती असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौ।
५. त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालिगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाइनहरुको डेटावेसस तयार गरी प्रहरीमा बुझाउने काम गरिरहेका छौ । र साइबर क्राइम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारबाही गराउने तयारीमा छौ । साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशित समेत गर्नेछौ ।
६. अहिले नानाभाती शंका गरि विद्वेस फैलाउने तर भोली आफुले चाहेकै प्रतिस्पर्धी नेपाल आईडल भएको खण्डमा कुन नैतिकताले हो त्यो स्वीकार्ने ? अलिकता पनि हेक्का छ कि छैन ? हामी नेपालीले नेपाली कार्यक्रमलाई विवादित वनाई बन्द गराउन लगाएर कुन विदेशी च्यालन र कार्यक्रमलाई सहयोग गर्न खोजेको हो सबैलाई थाहा हुन जरूरी छ ।
७. विदेशी च्यालनलाई करोडौं तिरेर नेपाल ल्याउने र त्यही च्यानलको त्यस्तै शोमा करौडौ रुपैयाँ बराबरको भोट हालि केवल नेपाली मूलको कुनै व्यक्तिलाई जिताउँदा उल्लास मनाउने जत्रो उदार हृदय भएका हामी आफ्नै होनहार नेपालीलाई भोट गरे भनेर कोलाहल मचाउने कदापी नेपाली हुन सक्दैनौं।
८. यसरी नेपाली टिभी र शो बन्द गराएर विदेशी च्यालन र शोलाई प्रोत्साहन गर्न लागि परेकाहरुको भीडबाट बचेर नेपाल र नेपाली भाषाका स्तरीय कार्यक्रमलाई माया गर्नुहुन अनुरोध छ।
९. भोटिङको कुरालाई विवादित बनाएकोले गुनासो भएकाहरुका लागि आउने हप्ता कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनि फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौ यसबारेमा थप सूचना छिटै सार्वजनिक गर्नेछौ ।
१०. गतहप्ताको ३७।२० लाख भोट एसएमस र अनलाइन भोटिङबाट प्राप्त संख्या हो । एसएमसबाटबाट मात्र आएको रकममा ५३ प्रतिशत टेलिकम अपरेटर, त्यसपछिको ४० प्रतिशत सर्भिस प्रोभाईडर र बाँकीको रकममा फ्रिमेन्टलको ५० प्रतिशत कटाएर करीब १७ लाख रुपैयाँमात्र यस शोलाई प्राप्त भएको हो। एसएमस भोटिङको हिसाब किताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खोज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुरोध गर्दछौ।
११. नेपाल आइडल एक व्यवसायिक शो हो । करिब १०० जनशक्तिको डेढ वर्षसम्मको मेहनत यसमा लागेको भएको छ । नेपाली टेलिभिजनमा नयाँपन दिन प्रयासरत केही उत्साही व्यक्तित्वहरुको करोडौ रुपैयाँ यसमा लगानी भएको छ । त्यो सब निशुल्क कसरी सम्भव छ ? एपीवानको त्यतिको आर्थिक लगानी र शोकै नियमानुसार त्यसमा भोटिङको माध्यमबाट देशविदेशका नेपाली दर्शकको योगदानबाट केही नेपाली प्रतिभाहरुको जीवन फेरिने कुरालाई नाफाघाटाको व्यापारमात्र भन्न मिल्छ ? नबिर्सौ बाढीपीडितका लागि भनेर आठलाख पनि सहयोग गरिएको छ।
१२. नेपालमा ३० औं वर्षदेखि सरकारी र निजी च्यानलहरु संचालित छन आजसम्म कसैले पनि यो स्तरको शो नेपाली दर्शकलाई पस्कन नसकेको परिप्रेक्ष्यमा आफ्नै भाषामा एउटा अन्तरार्ष्ट्रियस्तरको शो ल्याउँदा र शोको नियम अनुसार नै गर्दा एपीवानले गलती कहाँ गरेको छ ? नेपालमा पनि यो स्तरको भव्य शो बन्नु अवश्य पनि गर्व गर्न लायक काम भएको छ । यो शो ले संसारभरका नेपालीलाई जोडेको छ । परिवार र केही साथीभाइमात्रले चिन्ने यी होनहार प्रतिभाहरु आज नेपालकै आइडल बनेका छन् यसमा यतिविघ्न विषवमन किन ?