बलिउड हास्य कलाकार कपिल शर्माको पनि बायोपिक बन्ने भएको छ l ‘फनकर’नाम जुराउँदै निर्देशक लाइका प्रोडक्सनको व्यानरमा फिल्म निर्माण गर्न लागिएको हो l बलिउड समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शले सो कुराको जानकारी गराएका हुन् l फिल्मलाई ‘फुक्रेरे’ सिरिजका निर्देशक मृगदीप सिंह लाम्बाले निर्देशन गर्नेछन् । ‘फुक्रेरे रिटर्न्स’ को काम सकाए लगतै कपिलको बायोपिकको तयारी गरिने छ l उक्त फिल्ममा कसले अभिनय गर्छ भन्ने तय भैसकेको छैन l ‘फनकर’को प्रस्तुतकर्ता सुभाषकरन हुन् भने महावीर जैनको यसमा लगानी रहनेछ ।