बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’को  रिलिज मिति घोषणा गरिएको छ । फिल्म होलीको अवसर पारेर मार्च १८ बाट रिलिज हुने भएको छ । साजिद नाडियाडवालाको लगानीमा निर्माण भएको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन् । फिल्ममा अरसद वार्सी, कृति सेनन र ज्याकलिन फर्नान्डेजको पनि अभिनय रहेको छ । फिल्ममा अक्षय ग्याङस्टारको भूमिकामा देखिएका छन् । यसअघि फिल्म मार्च ४ मा रिलिज गर्ने तयारी निर्माण टिमको थियो l