अभिनेत्री करिश्मा मानन्धर विद्यालय भर्ना भएकी छिन् । ७ कक्षमा पढदै गर्दा चलचित्र क्षेत्रमा प्रवेश गरेकी करिश्माले मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना गरेकी हुन् । औपचारिक शिक्षाको अभाव खड्किएपछि विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको उनको भनाई छ । गत बर्ष करिश्माले ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी थिइन् ।
‘सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ,’ उनले भनिन् । पार्टी र चलचित्र क्षेत्रको व्यस्तताका बाबजुद पनि धेरैभन्दा धेरै दिन विद्यालय जाने गरेको बताइन् ।