नम्बर वान नायिकाको सूचिमा अभिनेत्री कट्रिना  कैफ परेकी छिन् l इन्डिया टुडेले गरेको एक सर्वेक्षणले कट्रिनालाई १ नम्बर हिरोइन देखाएको छ । कट्रिनापछि दोस्रो स्थानमा दीपिका पादुकोन र तेश्रो स्थानमा प्रियंका चोपडा रहेकी छन् l कैट्रीनाले ७.२ प्रतिशत मत , दीपिकाले ६.८ र प्रियंकाले ६.३ प्रतिशत मत ल्याएर यो स्थान प्राप्त गरेका हुन् l कंगना रनावत र करिना कपुरले क्रमशः चौथो र पाँचौँ स्थान अटाएका छन् । उनीहरूले क्रमशः ४.९ र ३ं.६ प्रतिशत मत प्राप्त गरेका छन् ।