भारतिय अभिनेत्री दीपिका पादुकोण ट्रोल्लको सिकार भएकी छिन् l पहिरनका कारण उनी ट्रोलको सिकार भएकी हुन् l हालै ‘गहरियान’ फिल्मको प्रमोसनमा उनले लगाएको लुगालाई नियाल्दै दर्शकले हाँसोको पात्र बनाएका हुन् l सो तस्बिर अहिले सामाजिक सञ्जालमा पनि भाइरल भैरहेको छ lप्रमोसनका क्रममा उनी सुन्तला रंगको बोल्ड ड्रेसमा देखिएकी थिइन् l सञ्जाल प्रयोगकर्ताहरूले उनले पहिरन हेर्दै ड्रेस सेन्स नभएको नायिका भनी रहेका छन् l भने कत्तिले उर्फी जावेद सँग तुलना गर्दिएका छन् l एक प्रयोगकर्ताले दीपिकालाई ट्रोल गर्दै लेखेका छन्, ‘दीपिकाको ड्रेसिङ सेन्स बिग्रँदै गएको छ, रातो कार्पेट र सार्वजनिक स्थानमा वास्ता गर्दैनन्।’ त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड अभिनेत्रीहरू अब उर्फी जावेदको नक्कल गर्दै छन् ।’