बलिउड फिल्म ‘गंगुबाई कठियावाडी’ शिवरात्रिको अब्सर पारेर फागुन १३ गते रिलिज हुने भएको छ । यसअघि कोरोनाको दोस्रो लहरको बेला जनवरी ६ मा फिल्म रिलिजमा आउने तयारीमा थियो । तर कोरोनाको जोखिम बढे सँगै निर्माण टिमले फाल्गुन १३ रोजेका हुन् l सोही मितिमा फिल्म 'लप्पन छप्पन २' पनि प्रदर्शनमा आउँदै छ l उक्त फिल्म निर्देशक मुकुन्द भट्टले निर्देशन तथा निर्माण गरेका छन् l सञ्जय लीला भन्सालीको निर्देशन रहेको फिल्म हुसेन जैदीको ‘माफिया क्विन अफ मुम्बई’ नोबेलमा आधारित रहेको छ । फिल्म एक वेश्यालय मालिकको कथामा आधारित रहेको छ ।