हलिउड गायिका रिहानाको बेबी बम्प तस्बिर सार्वजनिक भएको छ l र्‍यापर ब्वाइफ्रेन्ड असाप रक्कीसँग हात समात्दै हिँडेको बेला उनको उक्त तस्बिर खिचिएको हो l पिन्क ज्याकेटमा उनको बेम्बी बम्प स्पष्ट देखिन्छ l यस तस्बिर अहिले सामाजिक सञ्जालमा पनि भाइरल भैरहेको छ l अविवाहित रहेकी रिहानाको उक्त तस्बिरले यती बेला उनका फ्यानहरूलाई भने आश्चर्य तुल्याएको छ l उमेरले ३३ वर्षिय रिहाना मेकअप र फेसन ब्रान्ड व्यवसायको कारण उनी फोब्र्स अर्बपतिको सूचीमा समेत पर्द छिन् l