जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको फिल्म ‘आरआरआर’को रिलिज मिति घोषणा गरिएको छ l फिल्म मार्च २५ मा आउने निश्चित भएको हो । निर्माताले ट्विटर मार्फत फिल्म प्रदर्शन तय भएको जनाएका छन् । एस् एस् राज मौलीले फिल्म निर्देशन हुन् l हिन्दी, तमिल, तेलेगु , कन्नड र मलायलम गरी पाँच भाषामा फिल्मलाई रिलिज गरिने छ l डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् ।