अभिनेत्री आलिया भट्टको अभिनय रहेको बहुप्रतीक्षित फिल्म ‘गंगुबाई कठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सञ्जय लीला भन्सालीको यस फिल्मको ३ मिनेट लामो ट्रेलरमा आलियाले मुम्बईकी माफिया क्वीनको नामले चिनिने गंगुबाइको चरित्र निर्वाह गरेकी छिन् । एक नामुद यौनकर्मीले राजनीतिक नेतृ बन्न तय गरेको यात्रा यसको कथावस्तु हो ।
बायोग्राफिकल क्राइम ड्रामा फिल्ममा अभिनेत्री आलिया भट्टको अलावा अभिनेता अजय देवगण पनि मुख्य भूमिका छन् । फिल्म फेब्रुअरी २५ मा रिलिज हुने तयारीमा छ ।