बलिउड फिल्म डार्लिङ्ग’लाई नेटफ्लिक्सले महँगो रकममा किनेको छ । ८० करोड भारतीय रुपैयाँमा किनेको उक्त फिल्मलाई अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्ट मिलेर निर्माण गरेका हुन् l जस्मित केरिनले निर्देशन रहेको फिल्मलाई आलियाले रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर बनाएकी हुन् l आमाछोरीको सम्बन्धको कथा पेस गरेको फिल्ममा आलिया भट्ट र सेफाली शाह मुख्य भूमिकामा छन् । यसअघि दीपिका पादुकोण र अनन्या पाण्डेको मुख्य भूमिका रहेको ‘गहराइँया’लाई पनि अमेजन प्राइमले महँगो रकममा किनेको थियो l