स्वर्गीय गायक माइकल ज्याक्सनको बायोपिकमा फिल्म बनिरहेको भएको छ l बोहिमियन रापसोडिका निर्माता ग्राहम किङले ज्याक्सनको बायोपिक निर्माण गरिरहेका हुन् । बायोपिकमा माइकललाई एक जटिल व्यक्तिको रूपमा चित्रण गरिने छ l फिल्मको विश्वव्यापी वितरण अधिकार लायन्सगेटले लिएको छ l ‘अल्फा–१ एन्टिट्राइसिन डिफिसियन्सी’ नामक दुर्लभ वंशाणुगत रोगबाट ग्रस्त भएपछि ज्याक्सनको फोक्सो र कलेजोमा समस्या देखिएको थियो । त्यसमाथि, उनी थिए– लागु औषध दुर्व्यसनी । त्यसैले, ५१ वर्षको उमेरमा लसएन्जल्सस्थित आफ्नै घरमा हृदयाघात भएका ज्याक्सनको मृत्यु भएको थियो l २९ अगस्ट सन् १९५८ मा अमेरिकाको गेरी इन्डियानामा ज्याक्सन जन्मिएका थिए ।  उनले ५ वर्षको उमेरमै दाजुहरू ज्याकी, टिटो, जर्माइन र मार्लोनसँग मिलेर ‘ज्याक्सन ५’ सांगितीक समूहमार्फत गायनमा डेब्यु गरेका थिए । सन् १९६९ मा रिलिज भएको ‘आई वान्ट यु ब्याक’ ले ज्याक्सनलाई भविष्यका स्टारका रुपमा स्थापित गर्‍यो । सन् १९७५ मा उनले एपिक रेकार्डसँग सहकार्य गरे अनि समूहको नाम बदलेर ज्याक्सन बनाए । त्यसपछि इन्जोय सेल्भ, शेक योर बडीलगायत पप गीतहरू चर्चा रहे । १९७९ मा सार्वजनिक ‘अफ द वाल’ एल्बम ७० लाख प्रति बिक्री भयो र यस समावेश ‘डन्ट स्पट’, ‘टिल यु गेट इनफ’, ‘रक विथ यु’ लगायत गीत धेरै चलेका छन्  ।