बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘पृथ्वीराज’को रिलिज मिति तय गरिएको छ l फिल्म १० जुलाई बाट रिलिजमा आउन लागे हो l यसअघि फिल्मलाई २१ जनवरीमा रिलिज गर्ने निर्माण टिमको तयारी थियो । तर कोरोनाको तेस्रो लहरको कारण फिल्म प्रदर्शनमा आउन सकेन l यशराज व्यानरको प्रतीक्षित फिल्ममा चन्द्र प्रकाश द्धिवेदीको कथा र निर्देशन रहेको छ l फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ । फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव बीजको पनि अभिनय छ ।