बलिउड फिल्म ‘शमशेरा’को पनि प्रदर्शन मिति तय भएको छ । अभिनेता रणवीर कपुर अभिनीत यस फिल्म अब जुलाई २२ मा रिलिज हुँदै छ l यशराज ब्यानरले फिल्मलाई निर्माण गरेको हो l फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् l ‘शमशेरा’मा रणवीरले दोहोरो भूमिका निर्वाह गरेका छन् l फिल्ममा उनी बाबु र छोरा दुवैको भूमिकामा एकसाथ देखिने छन् l अंग्रेजको मातहतमा काम गर्ने भारतीय प्रहरी अधिकारीहरूको दमनका विषयमा फिल्मको कथा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा सञ्जय दत्त एन्टागोनिस्ट (भिलेन)का रूपमा देखिनेछन्।