भारतिय फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित यस फिल्म अब ११ अगस्टमा रिलिज हुने भएको छ l यस अघि फिल्म १४ अप्रिलमा प्रदर्शन हुने थियो l तर निर्माण युनिटले उक्त मिति उपयोग नदेखेर अगस्टमा फिल्म पुर्याएको हो l निर्माण ब्यानर आमिर खान प्रोडक्सनले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति परिवर्तन भएको जनाएको हो । निर्माण युनिटले लेखेको छ ‘हामी लाल सिंह चड्ढा’ ११ अगस्टमा रिलिज हुने घोषणा गर्दछौ । हाम्रो फिल्म अझै तयार नभएकोले हामीले यो निर्णय लिएका हौ ।’अद्धेत चन्दले निर्देशन गरेको फिल्ममा आमिरको अलवा करिना कपुर, नागा चैतन्य लगायतको मुख्य भूमिका छ ।