बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म 'बच्चन पाण्डे' बाट अक्षयको लूक्स सार्वजनिक भएको छ l सामाजिक सञ्जाल ट्विटर मार्फत अक्षय स्वयमले आफ्नो लूक्स सार्वजनिक गरेका हुन l फिल्म मार्चमा हलमा रिलिज हुने तयारीमा छ । अक्षयले फिल्मको ट्रेलर फेब्रुअरी १८ अर्थात् शुक्रवार रिलिज हुने पनि खुलासा गरेका छन् । फिल्मको शीर्षक पनि ‘बच्चन पाण्डे’को स्पेलिङबाट परिवर्तन गरिएको छ ।फिल्ममा अक्षय कुमारले अभिनेता बन्न चाहने ग्याङ्स्टरको भूमिका निर्वाह गरेका छन् । फिल्ममा कृति सेनन पत्रकारको भूमिकामा छिन्, जो फिल्म निर्देशन गर्न चाहन्छिन् । फिल्ममा अर्शद वारसी, पंकज त्रिपाठी र प्रतीक बब्बरको पनि महत्वपूर्ण भूमिका छ ।निश्चय कुटाण्डाले लेखेका फिल्मलाई फरहाद सामजीले निर्देशन गरेका हुन् ।