कोरियन अमेरिकन गायिका होप सिगोइनले गाएको बाल गीत 'बेबी सार्क' बाट फिल्म बन्ने भएको छ l फिल्मलाई निकलोडियन एनिमेसन र पिंकफङ कम्पनीले सह-निर्मित गर्न लागेको हो । सन् २०१६ मा रिलिज भएको यो गीत युट्युबमा सर्वाधिक हेरिएको गीतको सूचिमा पर्छ भने हाल सम्म यस गीतलाई कसैले पनि उछिन्न सकेको छैन l सन् २०२३ सम्ममा 'बेबी सार्क'को पूरा फिल्म सार्वजनिक गर्ने निर्माण टिमको योजना छ l गत महिना मात्रै 'बेबी सार्क'को भिडिओमा १० अर्ब भ्युज कटेको हो। हालसम्म यो भिडिओले ३ करोड ३० लाख बढी लाइक पाएको छ।