बलिउड फिल्म ‘बच्चन पाण्डे’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्शन र कमेडीलाई स्थान दिइएको फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो l अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म मार्च १८ बाट विश्वभरका फिल्म घरहरूमा रिलिज हुँदै छ l
फिल्ममा अक्षय कुमारले अभिनेता बन्न चाहने ग्याङ्स्टरको भूमिका निर्वाह गरेका छन् ।फरहाद साम्जीको निर्देशनमा निर्माण भएको फिल्ममा अक्षयको अलावा कृति सानोन् ,अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य भूमिका रहेको छ ।