बलिउड कमेडियन कपिल शर्मा नयाँ फिल्ममा काम गर्ने भएका छन् l हाल सम्म नाम बाहिर नल्याइएको उक्त फिल्मलाई नन्दिता दासले निर्देशन गर्दै छिन् l  प्लोज इन्टरटेनमेन्टले निर्माण गर्ने उक्त फिल्ममा कपिलको अपोजिटमा अभिनेत्री शहाना गोस्वामी रहेको छिन् l फुड डेलिभरी गर्ने राइडरको कपिलले भूमिका निभाउने भारतीय संचारमा उल्लेख छ l भने, गोस्वामी कपिलको पत्नी बनेर दर्शक माझ देखिने छिन् l यस् अघि पिलले फिल्म ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् ।