साउथ सुपरस्टार रामचरण नेपाल आउने भएका छन् l फिल्मको छायाङ्कनका लागि उनी सहित निर्माण युनिट नेपाल आउन लागेको हो l विदेशी फिल्म छायाङ्कनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका अनुसार टिम फेब्रुअरी २८ मा नेपाल आउने छन् l छायांकन स्थल अवलोकन गर्नका लागी नेपाल आउन लागेको युनिटले काठमाडौँ, मनाङ र मुस्ताङमा फिल्म गर्ने जनाइएको छ । अप्रिलदेखि फिल्म फ्लोरमा उत्रने छ l