बलिउड अभिनेता शारुख खानका छोरा आर्यन खान बलिउडमा डेब्यु गर्ने तयारीमा छन् l अभिनेताको रुपमा नभैकन एक लेखकको रुपमा उनले बलिउडमा डेब्यु गर्न लागेका हुन् l वेब सिरिज मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका छन् भने एक फिचर फिल्म मार्फत पनि उनलाई दर्शक हेर्न पाउने भारतिय संचारमा उल्लेख छ l जसको निर्माण उनको पिता शाहरुखको रेड चिलिज इन्टरटेनमेन्टले गर्नेछ l सिरिजका लागि आर्यनले ओटीटी प्ल्याटफर्मसँग छलफल गरिरहेका छन् । वेब सिरिज चर्चित आर्ची कमिक्समा आधारित हुनेछ । सन् २०२० मा आर्यनले सदर्न क्यालिफोर्निया विश्वविद्यालयले स्नातक पूरा गरेका थिए । उनीसँग फाइन आर्टस, सिनेमेटिक आर्टस् र फिल्म एन्ड टेलिभिजन प्रोडक्सन लगायत विषयमा अध्ययन गरेका छन् ।