गत ३० अक्टुबर २०२० मा गौतम किचलुसँग विवाह गरेकी अभिनेत्री काजल अग्रवालले 'बेबी बम्प' को तस्बिर सार्वजनिक गरेकी छिन् l  सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गरेकी काजलको उक्त तस्बिरलाई दर्शकले मन पराएका छन् l  तस्बिरमा काजल रातो स्लिक साडीमा देखिएकी छन् । गहना भने उनले नेकलेस, झुम्कालगायत प्रयोग गरेको देख्न सकिन्छ । लाइट मेकअप र खुल्ला कपालका साथ उनले आफ्नो लुक्स पुरा गरेकी छन् ।