गत शुक्रवार बाट रिलिज भएको  दक्षिण भारतिय फिल्म 'भलिमाइ' ले बक्स अफिसमा सय करोडको व्यापार गरेको छ l अजित कुमारको मुख्य भूमिका रहेको फिल्मले रिलिज भएको तेश्रो दिनमा उक्त व्यापार गरेको हो l 'पुष्पा: द राइज' पछि सबै भन्दा बढी कमाउने फिल्मको सूचिमा समेत परी सकेको छ l एच विनोदको निर्देशनमा बनेको भलिमाइ मा अजितको अलावा कार्तिकेय गुम्माकोन्डा र हुमा कुरेशीको मुख्य भूमिका रहेको छ l फिल्म अहिले बल्ल चौथो दिनमा चल्दै छ। भारतिय संचार बलिउड लाइफका अनुसार यसको रफ्तार हेर्दा अझै धेरै कमाउने अनुमान छ।