गायक आदित्य नारायण झा दम्पतीलाईपुत्री लाभ भएको छ । झाकी पत्नी श्वेता अग्रवालले छोरीलाई जन्म दिएकी हुन् l यधापी छोरीलाई फेब्रुअरी २४ मा जन्म दिएता पनि यसको सार्वजनिक रुपमा घोषणा भने आदित्यले आज गरेका हुन् l आफ्नो विवाहको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै आदित्यले लेखेका छन्, ” भगवानले २४.२.२२ मा हामीलाई एउटी सुन्दर छोरीको आशीर्वाद दिनु भएकोमा श्वेता र म अत्यन्तै कृतज्ञ महसुस गर्छौँ ” आदित्य र श्वेताले डिसेम्बर २०२० मा मुम्बईमा विवाह गरेका थिए ।