सुजेन खान सँग सम्बन्धमा दरार आयपछि बलिउड अभिनेता ऋतिक रोशन एकल जीवन बिताएको लामो समय भैसक्यो l अब भने उनी चाडै नै दुई जना यानीकि बिहे गर्ने तयारीमा छन् l भारतीय सञ्चारमा उल्लेख अनुसार साबा आजादसँग ऋतिक लगन गाँठो कस्ने तयारीमा छन् l घुम्न ,खाना खानेदेखि किनमेलसम्म गर्नमा यी दुईको अहिले दिनचर्या बिती रहेको छ l दुई जनासँग निकट रहेका एक मित्रले भारतीय मिडियासँग कुरा गर्दै भने, ‘ऋतिक साबालाई लिएर लागि एकदमै गम्भीर छन् । उनी यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छन्। उनले विवाह गर्ने योजना छ । तथापि, अहिलेसम्म केही निर्णय गरिएको छैन ।’ तर ऋतिक भने आफ्नो सम्बन्धलाई मिडियाले थाहा नपाओस् भनेर टाढा नै बस्न रुचाइरहेका छन् l