पहिलो र दोश्रो सिरिजले तहल्का मच्चाएको दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को तेश्रो सिरिज पनि निर्माण हुने भएको छ l फिल्म निर्देशक एसएस राजामौली तेस्रो सिरिजको तयारीमा जुटेका छन् l भारतीय सञ्चारमाध्यमका अनुसार हाल फिल्मको तयारी भैरहेको उल्लेख छ l उक्त कुरा अभिनेता प्रभास यानिकी 'बाहुबली' हिरो ले पनि राजामौली सँग फिल्म बारे छलफल भैरहेको बताएका थिए l सञ्चारकर्मीको प्रश्नमा प्रभासले भने, ‘म र राजामौली मिल्ने साथी हौँ । हामी एकसाथ राम्रो सम्बन्ध पनि सेयर गरिरहेका छौँ । आगामी प्रोजेक्टबारे हामीले छलफल समेत गरिरहेका छौँ । भोलिको कुरा के थाहा हुन्छ र ? आगामी दिनमा जे पनि हुनसक्छ ।’ उनले दिएको यो तर्कले पनि बाहुबली ३ लाई नै अगाडी बढाउन लागेको संकेत दिन्छ l प्रभास अहिले पछिल्लो फिल्म ‘राधेश्याम’को व्यावसायिक प्रवर्द्धनमा व्यस्त छन् । भने उनको अर्को फिल्म ‘आदिपुरुष’ रिलिजको तयारीमा छ ।