बलिउड अभिनेत्री नायिका सोनाक्षि सिन्हालाईपैसा ठगीकोआरोप लागेको छ । पैसा लिएर कार्यक्रममा नगएपछि उनी विरुद्ध फेब्रुअरी सन् २०१९ को यो मामिलामा एफआईआर दर्ता गरिएको थियो । सोही एफआईआर दर्तालाई पुन : मध्य नजर गर्दै उनलाई उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको हो । अदालतले सोनाक्षीलाई २५ अप्रिल (वैशाख १२) को दिन अदालतमा पेस हुन आदेश दिएको छ । ३० सेप्टेम्बरमा उनको इभेन्ट कम्पनीले दिल्लीको सिरी फोर्ट अडिटोरियममा इन्डिया फेसन एन्ड ब्युटी अवार्ड कार्यक्रम आयोजित गरेको थियो । तोकिएको रकम अनुसार सोनाक्षी सिन्हालाई अनलाइन मार्फत कूल २८ लाख १७ हजार भारुको भुक्तानी जुनमा चार किस्तामा दिइएको थियो ।सोनाक्षीले कार्यक्रमका लागि प्रोमोशनल भिडियो पनि जारी गरेकी थिइन् । तर कार्यक्रम नगएपछी उनी विरुद्द ठगीको केश परेको थियो l