एजेन्सी–चलचित्र बाहुबलीबाट एकाएक चर्चामा आएका अभिनेता प्रभाषको विवाहको समाचारले यति बेला भारितिय मिडिया तातेको छ । बाहुबलीले अत्याधिक सफलता पाएसँगै प्रभाषका लागी विवाहको प्रस्ताव आएको भारतीय मिडियाले जनाएको छ । अभिनेत्री अनुष्का शेट्टीसँग केही समय प्रेममा रहेका प्रभाष अहिले खाली छन् । बुझिए अनुसार प्रभाष एक व्यवसायीकी नातिनीसँग विवाह गर्न लागेको खबर बाहिरिएको छ । यद्यपि प्रभाषले भने अहिले विवाहको साटो करियरमै ध्यान दिने मनस्थिति बनाइरहेका छन् । प्रभाषका बहिनीहरूले भने उनको विवाहको तयारी प्रारम्भ गरिसकेको दाबी गरिरहेका छन् । उनकी बहिनीको अनुसार प्रभाषको विवाहको तयारी भइरहेको र विवाहलाई लिएर सबै उत्साहित रहेको बताएकी छिन् ।