गायक प्रमोद खरेलको आवाजमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । सुदिप जंग थापाको शब्द रहेको गीतमा विकास चौधरीको संगीत रहेको छ । गीतका एरेन्जर रोशन बान्तवा हुन् । निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको भिडियोलाई सुमन श्रेष्ठ थापाले निर्माण गरेका हुन् l भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका छन् ।
भिडियोमा विजय लामा, हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाईबा मौसमी खनाल, सरूँ लगायतको अभिनय रहेको छ । बिहीबार सार्वजनिक गरिएको गीतको भिडियोलाई ‘तारा सितारा’ युट्युब च्यानल बाट हेर्न सकिन्छ l