नायक तथा गायक आमेश भण्डारीको आवाज र शब्दमा गीत 'ओरी परी' रिलिज भएको छ l युट्युब च्यानल आइ क्याच स्टुडियोमा गीतको भिडियो सार्वजनिक गरिएको हो l गीतको लय सिर्जना पनि स्वयम् भण्डारीकै रहेको छ l भिडियोमा उनी आँफै फिचर छन् भने उनको अपोजिटमा अञ्जना श्रेष्ठलाई देख्न सकिन्छ l
अनिल के मानन्धरले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन र कलर गरेका छन् l रोमन बज्राचार्यको संगीत संयोजन गीतमा समावेश छ l आमेशले यस अघि पनि थुप्रै गीतहरू बजार ल्याइ सकेका छन् l बाबा ,मेरो लागि तिमी , रुम नम्बर १८ लगायत उनका गीतहरू हुन् l