पछिल्लो समय नायक प्रदीप खड्काको चर्चाले सिनेमा बजार तातेको छ । लगातार दुई हिट चलचित्र ‘प्रेमगीत’, ‘प्रेमगीत २’ दिएका प्रदीपको अहिलेका महँगा नायकको रूपमा लिने गरिन्छ । प्रदीपले हालैमात्र ‘लिलिबिली’ नामक चलचित्रमा २२ लाख पारिश्रमिक लिएर अनुबन्धित भएका छन् । नेपाली सिनेमा क्षेत्रमा सबै भन्दा महँगो नायकको रूपमा अनमोल केसीलाई लिइन्छ । अनमोलले ‘कृ’ नामक चलचित्रमा २० लाख पारिश्रमिक लिएका थिए । तर यति बेला प्रदिप खड्काले उक्त रेर्कडलाई तोडेका छन् । मङ्गलवार काठमाडौमा आयोजित चलचित्र ‘लिलिबिली’ घोषणा कार्यक्रममा आफूले पैसाको लागी चलचित्रमा काम नगर्ने बताएका छन् । ‘पैसा भन्दा महत्त्वपूर्ण कुरा दर्शकको मनमा बस्न पाउनु हो । मैले कति पैसा पाए ठुलो कुरा होइन तर कति दर्शकको मनमा बस्न सफल भएको त्यो ठुलो कुरा हो ।’ कार्यक्रममा बोल्दै प्रदिप बताउछन् । कार्यक्रममा बोल्दै आफूलाई कुनै कलाकारसँग तुलना गरेर १,२,३ नम्बरमा पर्नुे भन्दा बढी दर्शकको साथ र माया पाएमा खुसी भएको बताए ।प्रदिप अभिनि पछिल्लो चलचित्र ‘प्रेमगीत २’ निकै सफल बनेको थियो।  चकलेटी अनुहार र पर्दामा निकै राम्रो अभिनय गर्ने प्रदिपको युवती फ्यानहरु निकै ठुलो सङ्ख्यामा रहेका छन्।