अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । यसअघि पुरुष र महिला भर्सनमा हिट भइसकेको गीत कलाकार मदन कृष्णको आवाज राखेर निर्माण टिमले पुनः दर्शक माझ ल्याएका हुन् l गीतलाई गत मंगलवार मदनकृष्णको ७२ औँ जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतकार तथा संगीतकार पुष्पन प्रधानले तयार पारेको गीतको भिडियोमा डीओपी र सम्पादनको काम हरि हुमागाईँले गरेका छन् l साथै भिडियोलाई उत्तम हुमागाईँले खिचेका हुन् l गीतमा अभिनेत्री आँचल शर्माले मदनकृष्णको नातिनीको भूमिकामा अभिनय गरेकी छन् ।