सारेगमप लिटिल च्याम्स नेपालकी दोस्रो विजेता बाल गायिका रोशा फुयाँलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ l ‘झोला’ बोलको गीतलाई रचनाकार सुमन श्रापितले कोरेका हुन् l   बी. बी. अनुरागीको सङ्गीत रहेको यस गीतमा किरण विश्वकर्माको सङ्गीत संयोजन रहेको छ l 

गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ / माष्टरिङ रहेको छ l  भिडियोको छायाङ्कन तथा सम्पादन गोविन्द अनेक र ताराकान्त बि. क. ले गरेका हुन् l