गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर रहेको गीत ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ । गोपाल लोहारको शब्द रहेको गीतमा संगीत वसन्त सापकोटाले भरेका छन् l

गीतको संजिव बराइलीले संगीत संयोजन गरेका हुन् ।कविराज गहतराजले निर्देशन गरेको भिडियोमा  गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ । सुदिप बरालले छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ l