डिएआर मुभिजको प्रस्तुतिमा 'जात’ बोलको गीत सार्वजनिक गरिएको छ । रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ । गीतको भिडियोलाई अभिनेत्री लक्ष्मी बर्देवाले निर्देशन गरेकी हुन् ।
जातीय विभेदले छुटेको प्रेमकथालाई देखाउन खोजिएको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन रहेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् ।