करिब नौँ बर्ष अघि निर्माण घोषणा गरिएको चलचित्र ‘सुर्योदय’ अब बन्ने भएको छ । चलचित्रलाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्ने भएका छन् । घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथामा निर्माण हुने चलचित्रलाई ‘द स्काई मुभिज’ले निर्माण गर्ने लागेको हो । चलचित्रको लागी खोज अनुसन्धान गर्दा लामो समय लागेकोले समयमै निर्माण गर्न नसकिएको निर्देशक अधिकारीले जानकारी दिएका छन् ।
उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा व्याप्त रहेको ‘बहुपती’ प्रथा निर्माणको लागि नेपालमा पहिलो पटक रेड क्यामरा भित्र्याइएको छ । चलचित्र ‘सुर्योदय’को लागी ८ देखि १० करोड सम्म बजेट लाग्ने निर्देशक अधिकारीले बताए । चलचित्र निर्माणमा ‘द स्काई मुभिज’सँग स्वदेशी तथा विदेशी संघसँस्थाले सहकार्य गर्नेछन् । साथै, स्वदेश र विदेशका संघसंस्थाले यसको ‘कपीराइट’ प्रतिलिपी अधिकार सुरक्षित गरिसकेका छन् । ‘कान्छी’ निर्माण पछी २०१८ बाट ‘सुर्योदय’ निर्माणको थालनी हुनेछ । ‘बहुपती’ प्रथामा निर्माण गरिएको डकुमेन्ट्री (Research about the sunrise) युट्युबमा सार्वजनिक गरिसकिएको छ ।