अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता अर्पण थापाको निर्देशनमा चलचित्र ‘सुनेकसरी’ बन्ने भएको छ । चलचित्र युनिटले अस्ट्रेलियामा शुभमुर्हुत गरेको छ । सिड्नीमा आयोजित एक कार्यक्रम बिच चलत्रिचको औपचारिक निर्माण घोषणासँगै शुभसाइत गरिएको थियो ।

चलचित्रको कथा भूतप्रेतमाथिको विश्वासमा रहेका हरर जर्नराको बन्ने निर्माण पक्षले जनाएको छ । सुनकेसरीमा ऋचाको साथमा भिम न्यौपानेको पनि लगानी रहेको छ । चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रका सम्पुर्ण प्राविधिक  टिम अस्ट्रेलियन चलचित्रका हुने बताएको छ । अष्ट्रेलिया र नेपालमा छायाँकन हुने चलचित्रको प्रदर्शन भने सन् २०१८ मा हुने बताइएको छ ।