प्रदर्शन हुन ८ दिन बाँकि रहन्दा चलचित्र ‘छक्का–पञ्जा २’मा समावेश भएको गीत ‘ए दाजु नसमाऊ नाडीमा, हीलो लाग्ला नाइलनको साडीमा’ बोलको गीतलाई युट्युबमा एक करोड पटक हेरिएको छ । चर्चाको साथै विवादमा रहेको गीतले थोरै समयमा नै करोड क्लबमा प्रवेश गर्ने सफल भएको हो ।
गीत स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप पुरुष ढकाल फिचरिङ छन् । प्रिन्स र दीपकराज गिरीको शब्द रहेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ ।आगामी असोज ११ गते रिलिज हुने ‘छक्का पञ्जा २’ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रको निर्माण दीपकराज गिरीले गरेका छन् ।