चलचित्र 'दुई रुपैयाँ' यतिबेला दोस्रो हप्तामा प्रर्दशन भइरहेको छ । असिम शाह निर्देशित र आसिफ शाह र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रलाई दर्शकले निकै मन पराइरहेका छन् । पहिलो हप्तामा नै ४ करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको चलचित्रले दोस्रो हप्ता पनि उत्तिकै उत्साहजनक ब्यापार गरिरहेको छ ।

यति बेला भने चलचित्र निर्माण पक्षले दुई रुपैयाँको नोट मै चलचित्र दुई रुपैयाँ हेर्न सक्ने अफर ल्याईरहेको छ । गत बिहीबार र सोमबार QFX कुमारीमा १५० र जय नेपालमा १५० जनालाई निर्माण पक्षले चलचित्र देखाईसकेको छ । उक्त अफरबाट दर्शकमाझ निकै राम्रो सन्देश पुगेको र दर्शकको पनि उत्साहजनक सहभागिता रहेको कारण थप दुई हलमा दुई रुपैयाँ मै चलचित्र देखाउन लागिएको हो ।

भोलि बुधबारको दिन अस्टनारायण हलमा ११ :३० बजेको शोको लागि १०० जना र सुन्धारा स्थित सी.डी.सी सिम्नेमाजमा २ :३० बजेको शोको लागि ५० जनालाई यो अफर रहेको छ ।