चर्चित  गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ बजारमा ल्याएका छन् । उनकै संगीत र स्वर रहेको गीतमा रिदमराज जोशीको शब्द छ। भिडियोमा अनिल स्वयमले अभिन्य गरेका छन् भने उनलाई अभिनयमा मोडल मार्गोस तटेला र निर्मल सिग्देलले पनि साथ दिएका छन् l

म्युजिक स्टेटले गीतको छायांकन, सम्पादन र निर्देशन तयार पारेको हो । गीतको भिडियोमा सिजिआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेले गरेका छन् । उनका आई लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानिसकें लगायतका गीतहरु चर्चित छन् l