अभिनेत्री प्रियंका कार्कीको नृत्यमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र ‘फाटेको जुत्ता’मा समावेश भएको ‘चोली’ बोलको गीत बुधबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । गीतमा चलचित्र मुख्य नायिका समेत रहेकी कार्कीले आइटम नृत्य गरेकी छिन् । प्रियंकालाई सोही चलचित्रका मुख्य नायक सौगात मल्लले साथ दिएका छन् । ४ रात लगातार नसुति गीतको छायाँकन गरेको सम्झदै प्रियंकाले आफुलाई यो गीत सधै मनको नजिक रहने बताइन् । सार्वजनिक भएको चोली बोलको गीतमा मिना निरौला र शंकर थापाको स्वर रहेको छ । भिडियोको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।

 


कात्तिक १७ गते प्रदर्शनको तयारी गरिरहेको ‘फाटेको जुत्ता’मा समावेश भएको ‘आई एम सरि’ बोलको गीत केही समय अघि सार्वजनिक भइसकेको छ । अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रलार्इ निकेश खड्का निर्देशन गरेको हुन् । कमेडी कथा बनेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।