आफ्नो जन्मदिनको अवसर पारेर हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले नयाँ बस्तीको शिलान्यास गरेका छन् । बुधबार बिहान श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’सँग रौतहटको सन्तपुर पुगेका सितारामले एकिकृत वस्ती निर्माणको सुरु गरेका हुन् ।

बाढिको चपेटामा परेरका समुदायको लागी करिब ५ करोड ७५ लाख लगानीमा बस्ती निर्माण हुन लागेको बताइएको छ । यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामुहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुस–सुन्तलीले अबको नयाँ बस्ती माघसम्म निर्माण गरिसक्ने बताएका छन् ।