गायक उर्गेन दोङ्गको आवाज र संगीतमा गीत ‘मुटु उपहार’ सार्वजनिक भएको छ। लक्ष्मण राइको शब्द रहेको गीतमा उर्गेनलाई मेलिना राईले आवाजमा साथ दिएका छन्। 

भिडियोलाई  विकास प्रसाईले निर्देशन गरेका हुन् । जितू तामाङ्गले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा प्रिज्मा/प्रिन्सी खतिवडा फिचर रहेका छन् ।