गायिका कोमल आलाी राप्रपा छोडेकी छिन् । राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी ओलीले सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् । केही समय अघि गायिका कोमल ओली र नायिका रेखा थापाले एकसाथ राप्रपामा प्रवेश गरेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहमा थिइन् भने रोखा चाहिँ पशुपतिसमशेर राणा समूहमा लागेकी छिन् । राप्रपा विभाजन केही निराश भएकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी थिइन् । बुझिए अनुसार सोमबार कोमल औपचारिक रूपमा पार्टी प्रवेश गर्दै छिन् ।