बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाँ म्युजिक भिडियो प्रमोसनको लागी नेपाल आउने भएका छन् । चितवनमा यही अक्टोबरमा आयोजना हुन लागेको कन्सर्टमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुँदैछ ।  ज्याज इन्टरटेन्टमेन्ट र नवीन उपाध्यायको आयोजनामा हुन लागेको कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरू गाउनेछन् । उनले बनाएका भिडियो सन्देशमा आफ्नो नयाँ गीत तुम हर दफा’को प्रमोसनको लागी नेपाल आउने बताएका छन् । कयौँ बलिउड चलचित्रमा हिट गीतहरू दिइसकेका अंकितले आफ्नो भिडियोमा नेपाली चलचित्र ‘रोमियो’को नाम लिदै आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । कार्यक्रममा चलचित्र ‘रोमियो’ले सपोर्ट गरेको छ । ‘रोमियो’ निर्माण पक्षको अनुसार कार्यक्रममा करिब १५ मिनेटको प्रस्तुति चलचित्र युनिटको रहने बताइएको छ । कात्तिक २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा मेलिना मानन्धर, निशा अधिकारी, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको छ ।