वरुण धवन अभिनित चलचित्र ‘जुडुवा २’ यति बेला प्रदर्शन भइरहेको छ । सफलताको साथ प्रदर्शन भइरहेको चलचित्रको व्यापार सय करोडमा प्रवेश गर्ने लागेको भारतीय मिडियाले जनाएको छ । कमेडी चलचित्रको रूपमा रहेको जुडुवा २ ले ६ दिनमा ९२ करोड को कमाई गरेको छ । पहिलो दिन १६.१० करोडको ओपनिङ गरेको चलचित्रले दोस्रो र तेस्रो दिन २०.५५, २२.६० करोडको कमाई गरेको थियो । चलचित्र विश्लेषकले वरुणको जुडुवा २ लाई सुपरहिट चलचित्र घोषणा गरेको छ । भारतभरमा चलचित्र कुल ३५०० स्क्रीनमा रिलिज भएको थियो । चलचित्रले समिक्षको राम्रो रेटिङ पाएको छ । सन् १९९७ मा रिलिज भएको सलमान खानको चलचित्र ‘जुडुवा’ रिमेक हो ‘जुडुवा २’ । दुवै चलचित्रलाई डेविड धवनले निर्देशन गरेका हुन् । चलचित्रमा वरुण डवल रोलमा देखिएका छन् । उनको साथमा नायिकाद्धय जैकलिन फर्नाडिस र तापसी पन्नुको मुख्य भूमिका रहेको छ ।