नेपाली चलचित्रकी व्यस्त नायिका भित्र पर्छिन् मेनुका प्रधान । सानो–ठुलो जुनै पनि भूमिकालाई न्याय गर्ने सक्ने नायिका पर्ने प्रधानको यो वर्ष मात्र आधा दर्जन बढी चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् । रंगमञ्च हुदैँ सिनेमामा लागेकी मेनुकाको अभिनयले सधैँ वाहवाही पाउने गर्दछ । आफूलाई हिरोइन भन्दा बढी कलाकार भएको मनपराउने मेनुकालाई प्राय लाग्ने आरोप भनेको मिडियामा नदेखिनु हो । उनी भन्छिन् ‘आफै बोलेको देखेर दिक्क लाग्छ । आफूले दिएको अन्तवार्ता हेर्दा के बोले छु जस्तो हुन्छ । त्यसै कारण खासै मलाई बोल्न मन लाग्दैन । ’ सामाजिक सञ्जालमा सक्रिय नरहेकी उनी आफू अभिनित चलचित्रको प्रमोसनमा फाट्टफुट्टमात्र देखिन्छन् । चलचित्रको प्रमोसनमा किन हिड्नु हुन्न् ? भनेर सोधिएको प्रश्नमा मेनुका भन्छिन् ‘जानु पर्ने ठाउँमा म गइरहेको हुन्छु तर पनि थाहा छैन किन मलाई त्यस्तो भन्नु हुन्छ । बोलाएको र जानु पर्ने नै ठाउँमा सधैँ पुगेको छु । ’
मेनुका प्रधानसँग गरिएको रमाइलो कुराकानी :