अभिनेत्री झरना थापाले दुई चलचित्र एकसाथ निर्देशन गर्ने घोषणा गरेकी छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर २’ले सफलता पाएपछि झरनाले ‘भगवत गीता’ र ‘ए मेरो हजुर ३’ निर्माण गर्ने बताएकी हुन् । आफ्नै होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्ने दुई चलचित्रमा कुन पहिले निर्माण हुने तय नभएको झरनाले बताइन् । ‘अहिले साच्दै छु कुन चलचित्र पहिलो निर्माण गर्नु भनेर । ’ उनी भन्छिन् । हरिहर अधिकारीको कथा रहेको ‘भगवत गीता’को कथा तयार भएको उनले जानकारी दिइन् । उनकाे अनुसार ए मेरो हजुर ३ को भने कथा तयार भएको छैन । चलचित्रमा कलाकार तय भएका छैनन् । ‘हामी सोचिरहेका छौ, पुरानो कलाकार नै राख्ने की नयाँ अनुहार खोज्ने’ उनी बताउछिन् । झरनाको अनुसार चलचित्र फ्लोरमा जान अझै ६ देखि ७ महिना लाग्ने छ ।