बलिउड अभिनेत्री प्रियंका चोपडा बायोपिक फिल्ममा देखिने भएकी छिन् । कलाकारको लागी बायोपिक फिल्ममा काम गर्नु चुनौतीपुर्ण मानिन्छ । अझ कसैको पात्रलाई चरित्रमा ढाल्नु पनि जोखिम मानिन्छ । प्राय जोखिमपुर्ण भूमिकामा देखिन् रुचाउने प्रियंका फेरी एक बायोपिक फिल्ममा देखिन लागेकी हुन् । प्रियंकाले बक्सर मेरी कोमको जीवनमा आधारित रहेको फिल्म ‘मेरी कोम’मा काम गरिसकेकी छिन् । ‘मेरी कोम’मा जीवन्त अभिनय गरेर दर्शकको मन जितेकी प्रियंकाले अब रनिङ च्याम्पियन र ओलम्पिक मेडल विजेता पीटी उषाको जिवनीमा बन्न लागेको फिल्ममा काम गर्ने लागेकी हुन् । भारतीय मिडिया अनुसार उक्त फिल्मलाई रेवथी एस बर्माले निर्देशन गर्दै छन् । सय करोड बजेटमा बन्न लागेको फिल्मको बारेमा भने अभिनेत्री चोपडाले केही बोलेकी छैनन्