लामो समय देखि बलिउडबाट गायब भएका चर्चित बलिउड गायक हनि सिंहले हाल आफ्नो रोगको बारेमा खुलासा गरेका छन् । भारतीय मिडिया प्रकाशित समाचार अनुसार हनि विगत १८ महिना देखि जीवनको नराम्रा दिनहरु बिताइरहेका थिए । आफूलाई बाइपोलर डिसअर्डर भएको उनले खुलासा गरेका हुन् । करिब दुई वर्ष देखि बलिउडमा नदेखिएका हनिले ड्रग्स ओभरडोज भएर रिहाव सेन्टरमा राखेको समचार झुट भएको बताएका छन् ।

‘मेरो बारेमा धेरै समचारहरु बाहिरिएका छन् । कसैले ड्रग्सको ओभरडोज भएर रिहाबमा छ भने कसैले के भने तर म आफ्नै घरमा थिए । मलाई बाइपोलर डिसअडर भएको थियो । ’ हनिले मिडिया सामु भनेका छन् । हनिले यस बिचमा चार जना डक्टर समेत परिवर्तन गरेको बताएका छन् । डिप्रेसनको सिकार बनेका हनि आफ्नो परिवारसँग समेत डर लाग्ने गरेको बताउछन् । महिनौँ दिन सम्म कोठामा बन्द रहने र कपाल समेत नकाट्ने उनले बताए । अहिले हनि पुरा रूपमा ठिक भइसकेका छन् ।